शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट औपचारिक कार्यारम्भ

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट औपचारिक कार्यारम्भ

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झन्डोत्तोलन गरेका हुन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट औपचारिक रूपमा कार्यारम्भ भएको छ। बुधबार प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झन्डोत्तोलन गरेका हुन्। 

National life

प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताए। उनले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।

देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि स्थानीय पनि लाग्नुपर्नेमा उनको धारणा छ। मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश संघीयता कार्यान्वयनमा सफल हुँदै गएको जानकारी दिए। 

प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने दाबी गरे। उक्त अवसरमा नेपाली कला–संस्कृतिमा आधारित झाँकी प्रदर्शन गरिएको थियो।

प्रकाशित: Dec 14, 2022| 16:59 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।