बिहीबार, जेठ २८, २०८३

नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा प्रयोग गर्न सक्नेछन्। यो सुबिधाको फाइदा इन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिनसक्ने कम्पनीले जनाएको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं- नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुबिधा प्रयोग गर्न सक्नेछन्। यो सुबिधाको फाइदा इन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिनसक्ने कम्पनीले जनाएको छ।

National life

कम्पनीका अनुसार खाजा खाँदा होस् या सपिङमा जाँदा, नमस्ते पेको स्प्लिट बिल सेवा सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। क्यूआर स्क्यानमार्फत् मर्चेन्ट   भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिने कम्पनीले जनाएको छ। 

एनडीपीसी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो। नमस्ते पेअन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी युएसएसडीमार्फत् बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत् अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।  

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा भएको कम्पनीको दाबी छ।


प्रकाशित: Dec 14, 2022| 16:56 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्