शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • न्यायालय सुधारोन्मुख हुँदै छ : कामु प्रधानन्यायाधीश कार्की

न्यायालय सुधारोन्मुख हुँदै छ : कामु प्रधानन्यायाधीश कार्की

न्यायालयमा विचलन आउन नदिन सुधारका धेरै योजना कार्यान्वयनको चरणमा रहेको काम प्रधानन्यायाधीश कार्कीको दाबी।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताएका छन्। उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फस्र्योट गर्न थालिएको जानकारी दिए। 

बुधबार उच्च अदालत पोखरा बागलुङ इजलास भवनको शिलान्यास कार्यक्रममा उनले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताए। 

‘न्यायलयमा केही समस्या नभएका होइनन्, छन्। त्यसलाई विस्तारै सुधार गर्न लागिएको छ। अहिले गोलाप्रथाद्वारा न्याय सम्पादन भइरहेको छ। पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फस्र्योट गर्ने कार्य भइरहेको छ’, कार्कीले भने, ‘अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक साताभित्रै ल्याएका छौं। सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ।’ उनले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिए। २०७२ भूकम्पले क्षति पुगेको भवन सात वर्षपछि पुनःनिर्माण थालिएको हो।

३० महिनाभित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्ने गरी ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौंले ठेक्कामार्फत काम सुरु गरेको छ। अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ। 

अदालतको भवन प्रविधि, अपांगता, भूकम्प प्रतिरोधी बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको भवन निर्माणको प्राविधिक सहयोगी सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: Dec 14, 2022| 16:11 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।