बिहीबार, जेठ २८, २०८३

बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात

मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

बाँके– बाँकेमा हिउँदेयामका लागि ३ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ। तर कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा गरी १ हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ, जुन मागको एक तिहाइ मात्रै हो। 

National life

जिल्लामा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले बताए। उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट १३१ दशमलव ८ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ। साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनीले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए। 

हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मल अभाव हुने देखिएको छ। मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ। व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनीले जनाएको छ। 

कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ। जानकी गाउँपालिका र नेपालगन्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले बताएको छ। 

बाँकेमा वार्षिक ७ हजार मेट्रिक टन युरिया र २ हजार ५०० सय मेट्रिक टन डिएपी मलको माग रहेको छ। हालसम्म साल्ट ट्रेडिङमा ७०१ मेट्रिक टन मल आएको छ। उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनीले जनाएको छ। साल्ट ट्रेडिङमा हिउँदेयामका लागि १७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ।–रासस

Shivam cement

प्रकाशित: Dec 14, 2022| 18:00 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्