शुक्रबार, कात्तिक २८, २०८२

बाटिस्टुटाको रेकर्ड तोडे मेस्सीले

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। कतारमा जारी फिफा विश्वकप अन्तर्गत सेमीफाइनलको खेलमा क्रोएसिया विरुद्ध एक गोल गर्दै मेस्सीले यो किर्तीमान आफ्नो नाममा ल्याएका छन्। 

उनले ग्याब्रियल बाटिटुस्टाको नाममा रहेको सर्वाधिक १० गोलको किर्तीमान ११ गोल गर्दै तोडेका हुन्। बाटिटुस्टाले अर्जेन्टिनाका लागि विश्वकपमा १२ खेलमा १० गोल गरेका थिए। मेस्सीले २५ खेल खेल्दै ११ गोल गरेका छन्। मेस्सीपछि गुइलमेरो स्टाबिले ४  खेलमा ८ तथा डिएगो म्याराडोनाले २१ खेल खेल्दै ८ गोल गरेका छन्। १७१ खेल खेल्दै मेस्सीले अर्जेन्टिनाका लागि ९६ गोल गर्दै अल टाइम टप स्कोररमा आफ्नो नाम लेखाइसकेका छन्।

प्रकाशित: Dec 14, 2022| 14:21 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।