शुक्रबार, कात्तिक २८, २०८२

विश्वकपको फाइनल मेरो अन्तिम खेल होः मेस्सी

यो खेल अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकप अन्तर्गत सेमीफाइनलमा साबिक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुग्यो। अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी प्रेरित खेलमा अर्जेन्टिना ३–० गोल अन्तरले विजयी भयो। अब डिसेम्बर १८ मा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ। 

National life

यो खेल अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका छन्। ३५ वर्षिय मेस्सीले मिडियासँग कुरा गर्दै भने,  ‘म विश्वकपको फाइनलमा फेरि अर्कोपटक पुगेकोमा धेरै खुशी छु। हामीले गर्व गर्न लायकको यात्रा गरेर यहाँ आइपुगेका छौं। मलाई लाग्छ आइतबार हुने फाइनल खेल मेरो करियरको पनि विश्वकपको फाइनल खेल हुनेछ। अर्थात अन्तिम खेल हुनेछ। अब यसपछि हुने सन् २०२६ विश्वकपमा म सायदै उपस्थित हुन्छु। त्यसैले म मेरो अन्तिम विश्वकपको सुखद् अन्त्य गर्न चाहन्छु।’

क्रोएसिया विरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका मेस्सी आफ्नो टिम उपाधि जित्नका लागि तयार रहेको पनि बताउँछन्। ‘सुरुवाती समयमा हामीले केही लय गुमाउन पुगेका थियौं। तर हामीसँग त्यसलाई सुधार्ने मौका पनि थियो र हामीले त्यसलाई सुधार्यौं पनि। अब टिम लयमा छ र हामी प्रतियोगिताको उपाधिका लागि तयार छौं। हामी यस यात्रालाई इन्जोय गरिरहेका छौं।’


प्रकाशित: Dec 14, 2022| 14:03 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।