शुक्रबार, कात्तिक २८, २०८२

विश्वरामले जिते बंगलादेशमा रजत

नेपाली खेलाडी विश्वरामले बंगलादेशमा जारी एथ्लेटिक्स प्रतियोगितामा रजत पदक जितेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं – नेपाली खेलाडी विश्वरामले बंगलादेशमा जारी एथ्लेटिक्स प्रतियोगितामा रजत पदक जितेका छन्। 

National life

‘मित्रराष्ट्र बंगलादेशको ढाकामा संचालन भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण बिकेपिएस एथ्लेटिक्स च्याम्पियनसिप २०२२ मा नेपालका विश्वराम कुँवरले रजत पदक जितेका छन्,’ नेपाल एथ्लेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले फेसबुकबाट जानकारी दिएका छन्।

च्याम्पियनसिपमा सहभागी बन्नका लागि केहि दिन अघि नेपालीटिम बंगलादेश पुृगेको थियो। त्यहाँ पुगेका खेलाडीमध्ये एक हजार ५०० मिटरमा सहभागी बनेका विश्वरामले चार मिनेट ३० सेकेन्ड १५ मिलिसेकेन्डमा दौड पूरा गर्दै रजत पदक जितेका हुन्।

त्यस्तै, च्याम्पियनसिपमा नेपालकी सीमा श्रेष्ठले मंगलबारकास्य पदक जितेकी थिइन्। ढाकामा मंगलबार महिला हाइजम्पमा १ दशमलव ३२ मिटर उचाइ जम्प गर्दै सीमाले कास्य पदक जितेका हुन्। प्रतिस्पर्धामा बंगलादेशकी तस्मिया होसेनले १ दशमलव ४७ मिटर जम्प गर्दै स्वर्ण जितेकी थिइन्।


Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 14, 2022| 13:50 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।