शुक्रबार, कात्तिक २८, २०८२

गोल्डेन बुटको दौडमा मेस्सी पनि अगाडि

फिफा विश्वकपअन्तर्गत पहिलो सेमीफाइनल खेलमा गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी गोलकर्ताको दौडमा अघि आएका छन्। कतारमा जारी विश्वकपमा उनले मंगलबार पेनाल्टीमा गोल गरेसँगै पाँच गोल पूरा गरेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– फिफा विश्वकपअन्तर्गत पहिलो सेमीफाइनल खेलमा गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी गोलकर्ताको दौडमा अघि आएका छन्। कतारमा जारी विश्वकपमा उनले मंगलबार पेनाल्टीमा गोल गरेसँगै पाँच गोल पूरा गरेका छन्।

National life

यो विश्वकपमा पाँच गोल गर्ने मेस्सी दोस्रो खेलाडी हुन्। यसअघि फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले पनि पाँच गोल गरिसकेका छन्। एम्बाप्पेले अघिल्लो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि उनले गोल गर्न भने सकेका थिएनन्।

त्यसअघिका चार खेलमा नै एम्बाप्पेले पाँच गोल गरेका हुन्। यता मंगलबार राति मेस्सीले पेनाल्टीमा क्रोएसियाविरुद्ध गोल गरेसँगै उनले पाँच गोल गरेका हुन्। पाँचमध्ये दुई गोल भने मेस्सीले पेनाल्टीमा पाएको अवसरलाई गोलमा परिवर्तन गरेका हुन्।

अहिले समान पाँच–पाँच गोल गर्नेमा यी दुई खेलाडी नै छन्। उनीहरुबीचको गोल्डेन बुटको रेस निकै पेचिले बन्दै गएको छ। यता चार गोल गर्ने खेलाडीमा जुलियन अल्वारेज र ओलिभिए जिरुड रहेका छन्।

यी दुई खेलाडी पनि अर्जेन्टिना र फ्रान्सकै हुन्। जिरुडले अघिल्लो खेलमा इंग्ल्यान्डविरुद्ध गोल गर्दै पाँच गोल गरेका हुन्। यता, अल्वारेजले भने क्रोएसियालाई ३–० ले हराउने क्रममा खेलको ३९ औं र ६९ औं मिनेटमा गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यता अर्जेन्टिनी कप्तान मेस्सी भने गोलसँगै एसिस्टमा पनि अघि रहेका छन्। जारी प्रतियोगितामा सर्वाधिक तीन एसिस्ट गर्ने चार खेलाडीहरुमा छन् मेस्सी। उनले गएराति अल्वारेलाई तेस्रो एसिस्ट गरेका थिए। उनीबाहेक एन्टोइन ग्रिजम्यान (फ्रान्स), ब्रुना फर्नान्डेस (पोर्चुग) र ह्यारी केन (इंग्ल्याण्ड)ले पनि समान ३–३ एसिस्ट गरिसकेका छन्। एम्बाप्पेले भने दुई एसिस्ट गरेका छन्।

यो विश्वकपमा तीन गोल गर्ने चाहिँ सात खेलाडी रहेका छन्। स्पेनका अल्भेरो मोराटा, इंग्ल्यान्डका बुकायो साका र मार्कस रासफर्ड, नेदरल्यान्डका कोडी गोक्पो, एक्वेडरका इनर भ्यालेन्सिया, पोर्चुगलका गोन्कालो रामोस र ब्राजिलका रिचार्लिसन रहेका छन्।

प्रकाशित: Dec 14, 2022| 13:42 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।