शुक्रबार, वैशाख २५, २०८३

मापसेपछि विवाद हुँदा साथीको हत्या

एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life

संखुवासभा- एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। खादबारी नगरपालिका–९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाललाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरूबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा अमल घाइते भएका थिए।

घाइते उनको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 14, 2022| 13:20 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।