संखुवासभा- एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। खादबारी नगरपालिका–९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाललाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरूबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा अमल घाइते भएका थिए।
घाइते उनको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।