शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रे बस दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काभ्रे बस दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।

National life

सामाजिक सञ्जालमार्फत उनले बस दुर्घटनामा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका हुन्।

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु। दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु।’

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १३ जनाको सनाखत भइसकेको छ। २१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 14, 2022| 13:16 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।