शुक्रबार, वैशाख २५, २०८३

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

धनगढी- बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ। आइतबार राति बादी बस्तीमा आएका भारतीय नागरिकले स्थानीय लालबहादुर बोहराको घर अगाडि गाडि रोक्न खोजेका थिए। 

National life

घरअघि उनले गाडी रोक्न नदिएपछि आइतबार राति भारतीय नागरिकबाट उनी कुटिएका थिए। उनलाई दुई जना भारतीयले निर्घात कुटपिट गरी फरार छन्। कुटाइबाट गम्भीर घाइते भएका बोहराको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो।

 कुटपिटमा संलग्न भएको आरोपमा दुई जना नेपाली भने पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २९ का सुरेन्द्र डगौरा थारु र सोही ठाउँ बस्ने वर्ष ३२ का श्रवण चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

उक्त क्षेत्रमा अझैँ पनि लुकिछिपि देहव्यापार हुनेगरेको स्थानीयले बताएका छन्।

प्रकाशित: Dec 14, 2022| 12:52 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।