बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्याब्सन कैलालीको जिल्ला परिषद् भेला सम्पन्न, निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुनेमा शिक्षाविद् पन्तको जोड

प्याब्सन कैलालीको जिल्ला परिषद् भेला सम्पन्न, निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुनेमा शिक्षाविद् पन्तको जोड

सुदूरपश्चिम विश्व विद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा. हेमराज पन्तले निजीक्षेत्रलाई सरकारले सँगै लैजान सकेमात्रै देशको विकास सम्भव हुने बताएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

धनगढी- सुदूरपश्चिम विश्व विद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा. हेमराज पन्तले निजीक्षेत्रलाई सरकारले सँगै लैजान सकेमात्रै देशको विकास सम्भव हुने बताएका छन्।

National life

शनिबार धनगढीमा भएको प्याब्सन कैलालीको जिल्ला परिषद् भेलामा उनले सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गरेको भए पनि सरकारको सम्मान नपाइएको बताए। ‘शिक्षा र स्वास्थ्यको विकास गर्ने प्रमुख दायित्व नेपाल सरकारकै हुन्छ,’ पन्तले भने, ‘तर राज्यले सो अनुसार काम गर्न नसकेपछि निजी क्षेत्र उदाएका हुन्, उनीहरूको कामको मूल्याङ्कन गरेर सकारले निजी क्षेत्रलाई पनिसँगै लैजानुपर्छ।’

उनले सरकारले उपलब्ध गराउने छात्रवृत्ति कार्यक्रम निजी क्षेत्रमा अध्यापन गर्ने विद्यार्थीलाई पनि उपलब्ध हुनुपर्ने बताए। संस्था निजी भए पनि शिक्षा निजी हुँदैन, शिक्षामा सबैको समान अधिकार हुन्छ,’ पन्तले भने, ‘त्यसैले सरकारले निजी क्षेत्रमा अध्यापन गर्ने जेहनदार तथा क्षमतावान् विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गर्नु पर्दछ।’ निजी क्षेत्रमा अध्यापन गरेका विद्यार्थी इन्जिनियर, डाक्टर पाइलट भएको उनले बताए। ‘ती कर्मचारीलाई कसले शोध छ र? सरकारी विद्यालयमा पढेको हो कि, निजीमा भनेर उनीहरूले काम गर्ने त राज्यलेनै हो नि!,’ उनले भने।

प्राध्यापक पन्तले निजी क्षेत्रको कडा मेहनतका कारण सुदूरपश्चिममा गुणस्तरीय शिक्षा कायम भइरहेको बताए। 

प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक सुरेन्द्रबहादुर चन्द, नास्ट कलेजका निर्देशक शिवहरि शर्मा मुडभरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

Laxmi sunrise bank
kumari

भेलाको बन्द सत्रमा प्याब्सनका आगामी गतिविधि, निजी विद्यालयका समस्याका बारेमा छलफल गरिएको प्याब्सन कैलालीका अध्यक्ष शाहले बताए।

प्रकाशित: Dec 14, 2022| 10:46 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।