धनगढी- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ करिब २ ग्राम ६२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउँद र २७ वर्षीय रुपेश राना रहेको प्रहरीले जनाएको छ। से ४ प ९५०३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो।