शुक्रबार, वैशाख २५, २०८३

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life

धनगढी- कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुर, बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनजस्तो देखिने पदार्थ करिब २ ग्राम ६२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउँद र २७ वर्षीय रुपेश राना रहेको प्रहरीले जनाएको छ। से ४ प ९५०३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा  उक्त पदार्थसहित पक्राउ गरेको हो।


प्रकाशित: Dec 14, 2022| 08:52 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।