शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेसिया गएका युवक विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

मलेसिया गएका युवक विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

दोहा– मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन्। रोजगारीका लागि मलेसिया पुगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटोबाटै हराएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

National life

दूतावासका अनुसार घलान गत ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएका हुन्। कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको बेला बेपत्ता भएको जनाएको छ।

क्वालालम्पुर विमानस्थलबाट कम्पनीतर्फ जाँदा त्यहाँको कम्पुङ बेम्वानमा भन्ने ठाउँमा खान खान बस रोकेको, त्यसपछि बस सिँधै कम्पनीको होस्टेलमा पुगेपछि बसबाट झर्ने क्रममा उनी नभेटिएको दूतावासले जनाएको छ।

कम्पनी प्रसाशनले दूतावासलाई उनी हराएको जानकारी गराएपछि दूतावासले पनि सूचना जारी गर्दै उनलाई कहीँ कतै देखे वा भेटेमा ०१६२४७२७७७ नम्बरमा फोन वा इमेल eonkualalumpur@mofa.gov.np मा जानकारी गराईदिन मलेसियामा कार्यरत सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: Dec 14, 2022| 08:10 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।