शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काभ्रे बस दुर्घटना : मृतक १३ जनाको सनाखत, चार परिचय खुल्न बाँकी

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको सनाखत, चार परिचय खुल्न बाँकी

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ। मृतक चार जनाको भने अझै परिचय खुल्न सकेको छैन।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

काठमाडौं- काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ। मृतक चार जनाको भने अझै परिचय खुल्न सकेको छैन।

बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा हिजो बेलुकी बा३ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका आकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी श्रेया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यस्तै,  काभ्रेको मण्डन देउपुर नगपालिका-१ बस्ने ३७ वर्षकी जेलिना तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षका बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षकी मञ्जु तामाङ र बनेपा १४ बस्ने २८ वर्षकी गीता श्रेष्ठको पनि ज्यान गएको छ।

दुर्घटनामा २२ जना जना घाइते भएका छन्। घाइतेहरुको बनेपा, धुलिखेल र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

बनेपा नगरपालिका–११ देखि व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ को च्याल्टी पुगेर फर्किदैँ गरेको रिजर्भ बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 14, 2022| 07:58 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।