शुक्रबार, वैशाख २५, २०८३

काभ्रे बस दुर्घटना अपडेट: मृतकको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काभ्रेको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो।

National life

दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। मृतकको पहिचान भएको छैन।

शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ। केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ।

बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो। बसमा सवार कति यात्रु थिए भन्ने यकिन भएको छैन। नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ।


प्रकाशित: Dec 13, 2022| 20:54 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।