शुक्रबार, भदौ १९, २०८३

सर्वोच्चको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस

 |  बिहीबार, वैशाख २४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २४, २०८३

काठमाडौं। संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मालाई सिफारिस गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

न्यायालयको इतिहासमा रोलक्रम भंग गरेर पहिलोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको हो। वरिष्ठतमको आधारमा न्यायाधीश सपना मल्ल प्रधान प्रधानन्यायाधीशमा सिफारिस हुने पहिलो नम्बरमा थिइन्। तर, शर्मा सिफारिस भएका हुन्।

प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि प्रधानन्यायाधीश रिक्त थियो।

न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा.नहकुल सुवेदी सिफारिस गरेको थियो।

 

प्रकाशित: May 07, 2026| 19:21 बिहीबार, वैशाख २४, २०८३
प्रतिक्रिया दिनुहोस्