शुक्रबार, वैशाख २५, २०८३

बालाजुमा ९० वर्षीया वृद्धाको हत्या

काठमाडौंको बालाजुमा एक वृद्धाको हत्या भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- काठमाडौंको बालाजुमा एक वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो।

National life

प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको  प्रहरीको भनाइ छ।

उनका श्रीमान‍्को मृत्यु भइसकेको छ। मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन्। 

सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजिका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला गरेकी छन्।

उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Dec 13, 2022| 18:08 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।