शुक्रबार, वैशाख २५, २०८३

जुम्ली गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना

जुम्लाका विभिन्न पालिकामा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन हुँदै।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

जुम्ला– सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

National life

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपांगता भएकाहरुको हकाधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ। बालविवाह न्यूनीकरणका लागि पालिका स्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको दाबी छ।

‘हिमा गाउँपालिकामा महिला सन्जाल, सिञ्जामा अपांगता सन्जाल र कनकासुन्दरी गाउँपालिकामा दलित समूहसँगको समन्वयमा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ’, उनले भने। 

सुरक्षित विद्यालय, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना, युवा, महिला, बालबालिकालाई स्थानीय स्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत सामाजिक विकृति हटाउने प्रयास भइरहेको उनको दाबी छ।–रासस

प्रकाशित: Dec 13, 2022| 13:35 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।