शुक्रबार, कात्तिक २८, २०८२

‘क्रोएसियाविरुद्धको खेलमा मेस्सी हुनु सबैभन्दा बलियो पक्ष’

राम्रो लयमा रहेका मेस्सीले जारी प्रतियोगितामा चार गोल र दुई असिस्ट गरिसकेका छन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा आज राती अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भड्दै छन्। सोही क्रममा अर्जेन्टाइन डिफेन्डर निकोलस ट्याग्लिफिगोले आफ्नो टिममा लियोनेल मेस्सी रहेकाले क्रोएसियाविरुद्ध मैदानमा उत्रिन त्यो सबैभन्दा बलियो पक्ष हुने बताएका छन्।

बीबीसी स्पोर्टस्सँग कुरा गर्दै लियोनका डिफेन्डर निकोलसले भने, ‘मेस्सी हाम्रो टिम लिडरका साथै उत्कृष्ट खेलाडी पनि हुन्। मेस्सी टिममा हामी सबैका लागि प्रेरणाका स्रोत हुन्। उनले सधैं राम्रा कुराका लागि प्रेरित गर्छन्। हामी सबैलाई थाहा छ, मेस्सी फुटबल इतिहासकै एक महान् खेलाडी हुन्। त्यसैले सेमिफाइनलमा क्रोएसियाविरुद्ध मैदान उत्रिँदै गर्दा हाम्रो टिममा मेस्सी हुनु भनेकै सबैभन्दा बलियो पक्ष हो।’

राम्रो लयमा रहेका मेस्सीले जारी प्रतियोगितामा चार गोल र दुई असिस्ट गरिसकेका छन्। साथै, उनले चार खेलमा म्यान अफ द म्याच पनि जितिसकेका छन्, जुन जारी प्रतियोगितामा सबैभन्दा धेरै हो।

प्रकाशित: Dec 13, 2022| 12:24 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।