शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दिल्ली फर्किएका नेपाली क्रिकेट प्रशिक्षक प्रभाकरले राजीनामा पठाए

दिल्ली फर्किएका नेपाली क्रिकेट प्रशिक्षक प्रभाकरले राजीनामा पठाए

सोमबार स्वदेश (भारत) फर्किएका प्रभाकरले इमेलमार्फत उतैबाट नेपाली टिम छाडेको जानकारी दिएका हुन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौ– चार महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकरले नेपाली टिम छाडेका छन्। सोमबार स्वदेश (भारत) फर्किएका प्रभाकरले इमेलमार्फत उतैबाट नेपाली टिम छाडेको जानकारी दिएका हुन्। क्यानले प्रभाकरको बिदाइबारे केही आधिकारिक जानकारी दिएको छैन।

National life

नेपाली टिमका पूर्वप्रशिक्षक पुबुदु दाशानायकेको स्थानमा एक वर्षको सम्झौतामा नेपाली टिमका मुख्य प्रशिक्षक बनेका प्रभाकर चार महिना पूरा फर्किएका हुन्। क्यानका पदाधिकारीको दबाबका कारण उनले टिम छाडेको बताइएको छ।

प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँगको टी २० सिरिज जितेको थियो भने तीन दिनको एकदिवसीय सिरिज क्लिन स्विप गरेको थियो। त्यसैगरी यूएईविरुद्ध नेपालमा भएको तीन एकदिवसीय शृंखला पनि जितेको थियो। क्रिकेट वर्ल्डकप लिगमा भने खराब प्रदर्शन गरेपछि उनलाई राजीनामा दिन दबाब बढेको हो। नामिबिया र स्कटल्यान्डविरुद्धका महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि नेपालको शीर्ष तीनमा रहँदै विश्वकप खेल्ने सम्भावना सकिएको छ।

नामिबिया भ्रमणमा नेपालको विश्वकप लिग २ का ४ खेलमा नेपालले एउटै खेल जित्न सकेन। नेपाल आएपछि प्रभाकरले आफूलाई स्थापित हुन केही समय लाग्ने र २–३ महिनामा नतिजा देखाइदिने बताएका थिए। पछिल्लो १५ महिनामा नेपालबाट बाहिरिने उनी तेस्रो क्रिकेट प्रशिक्षक हुन्। २०२१ को सेप्टेम्बरमा डेभ ह्वाटमोर नेपाल छाडेर गएका थिए। उनको स्थानमा डिसेम्बर अन्तिममा आएका दाशानायके पनि नेपालको प्रशिक्षकमा ६ महिनामात्र टिक्न सके। त्यसपछि प्रभाकर आएका हुन्।

प्रकाशित: Dec 13, 2022| 12:09 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।