शुक्रबार, कात्तिक २८, २०८२

अर्जेन्टिनाविरुद्ध क्रोएसिया : विश्वकप फाइनलमा पुग्ने सपना

कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना समूह 'सी'को विजेता टिम हो भने क्रोएसिया समूह एफको उपविजेता हो। त्यही विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई टिम आज राति भिड्दैछन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना समूह 'सी'को विजेता टिम हो भने क्रोएसिया समूह एफको उपविजेता हो। त्यही विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई टिम आज राति भिड्दैछन्।

National life

पाँच पटक विश्वपको फाइल पुगेको अर्जेन्टिना आज अर्को पटक फाइनल पुग्ने यात्रामा छ। क्रोएसियाविरुद्धको खेल जितेर उ छैटौं पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ। अन्तिम पटक अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजित हुन पुगेको थियो।

अर्जेन्टिना सन् १९७८ र १९८६ गरी दुई पटक विश्वविजेतासमेत हो। युवा तथा अनुभवी खेलाडीका साथमा अर्जेन्टिना यसपटक पनि विश्व च्याम्पियन बन्न चाहन्छ। अन्तिम पटक सन् २०१४ को ब्राजिल विश्वकपमा फाइनल अर्जेन्टिनाका लागि सम्झनलायक रहेन। त्यसबेला अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेता बन्यो। यसपटक लियोनल मेस्सीको कप्तानी तथा लियोनल स्केलोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना वर्तमान कोपा अमेरिका च्याम्पियन हो।

तर विश्वकपको इतिहास हेर्ने हो भने, अर्जेन्टिनाको युरोपियन टिमसँग राम्रो नतिजा रहेन। उसले पछिल्ला सात युरोपियन टिमसँग खेलेका खेल मध्ये एउटा खेल मात्रै जितेको छ। समूह चरणमा पोल्यान्ड विरुद्धको खेलमा अर्जेन्टिना २-० ले विजय हासिल गरेको थियो।

उता क्रोएसिया सन् २०१८  विश्वकपको उपविजेता टिम हो। क्रोएसिया फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भयो। यसपटकको सेमिफाइनलमा पुगेको क्रोएसिया लगातार दोस्रो पटक शीर्ष चारमा पुग्ने पाँचौं टिम बने को छ। यसअघि फ्रान्स, इटाली, जर्मनी र नेदरल्यान्ड्स लगातार सेमिफाइनल पुगेका थिए।

Laxmi sunrise bank
kumari

सेमिफाइनल खेलअघि क्रोएसियन टिम कप्तान लुका मोड्रिच  अर्जेन्टिनालाई हराएर फाइनल पुग्ने योजनामा रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी अर्जेन्टिनालाई रोकेर लगातार दोस्रो पटक फाइनल पुग्न चाहान्छौं। मेस्सी अहिले लयमा छन्, उनलाई रोक्न केही कठिन हुनेछ। तर पनि मेस्सी र पुरा अर्जेन्टिनाको टिमलाई रोक्ने छौ। कुनै टिमसँग डराउनु पर्ने अवस्था छैन। किनकि हामी राम्रो लयमा छौ। अरू टिमलाई हेर्नुभन्दा आफैँमा बलियो हुनु आवश्यक छ। हाम्रो टिमले अन्तिम समयसम्म पनि हार मान्ने छैन, टिममा एकता छ हामी सबै एक भएर परिवार जस्तै भएर टिमलाई जिताउनेछौं।’

अर्जेन्टिनाका टिम कप्तान मेस्सी अघिल्लो विश्वकपको उपिजेतालाई सम्मान गरेर खेल्ने बताउँछन्। उनी भन्छन्, ‘म क्रोएसियन टिमलाई सम्मान गर्छु। हामीले यसअघि पनि खेलेका थियौ। क्रोएसियन टिममा अनुभवी तथा क्षमतावान् खेलाडीहरू छन्। उनीहरुविरुद्ध खेल्न सहज हुने छैन। उनीहरूले अघिल्लो पटक फाइनलसम्मको यात्रा गरेका थिए त्यसैले सम्मान गर्नु पर्छ। तर हाम्रो टिम पनि राम्रो लयमा फर्किसकेको छ। सबै खेलहरू प्रतिस्पर्धात्मक भइरहेका छन्। हामी यो खेल जितेर फाइनलमा स्थान बनाउन चाहान्छौं। ’

हेड टु हेडः

अर्जेन्टिना र क्रोएसियाको विश्वकपमा यो तेस्रो भेट हो। तर, नकआउट चरणमा भने पहिलो भेट  हो। यसअघि सन् १९९८ को समूह चरण मा भएको खेल अर्जेन्टिनाले १-० गोल अन्तरले जितेको थियो। त्यस्तै सन् २०१८ को विश्वकपमा क्रोएसिया र अर्जेन्टिना एउटै  समूहमा  रहेका थिए। जसक्रममा क्रोएसियाले अर्जेन्टिनामाथि ३-० गोलअन्तरले जितेको थियो।

राती १२:४५ बजे लुसेल रंगशालामा  सुरु हुने खेलको विजेताले विजेताले उपाधिका लागी फ्रान्स र मोरक्को बीचको विजेतासँग खेल्नेछ।

सम्भावित प्लेइङ सेट

अर्जेन्टिनाः एमिलियानो मार्टिनेज, नाहुल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, पपु गोमेज, एन्जल डी मारिया, जुलियान अलभारेज, लिओनल मेस्सी।

क्रोएसियाः डोमिनिक लिभाकोभिच, डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, लुका मोड्रिच, मटियो कोभासिच, मार्सेलो ब्रोजोभिच, इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच।


प्रकाशित: Dec 13, 2022| 09:34 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।