शुक्रबार, कात्तिक २८, २०८२

स्वर्ण जितेको पारा तेक्वान्दो टोली स्वदेश फर्कियो

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गरेका थिए।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

National life

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गरेका थिए। सिर्जनाले नेपाललाई स्वर्ण दिलाइन्।

सिर्जनाले क्वाटरफाइनलमा मेक्सिको, सेमिफाइनलमा ब्राजिल र फाइनलमा टर्कीकी खेलाडीलाई पराजित गरेकी थिइन्। पारा ओलम्पियन पलेशा गोबर्द्धन पहिलो चरणमै इरानकी खेलाडीसंग चुकिन्।

टोलीको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन्। टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, सदस्य राजेन्द्र उप्रेती, सदस्य रामचन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

प्रकाशित: Dec 12, 2022| 20:39 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।