शुक्रबार, कात्तिक २८, २०८२

मलेसियामा सुष्मा र सोनमलाई स्वर्ण

मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

National life

मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। यसैगरी सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन्।

प्रतियोगितामा नेपालले सात स्वर्ण र चार रजत पदक जितेको छ। सन्तोष भट्टले पुरुषको ८० केजीमाथिको तौल समूहमा स्वर्ण जित्दा नितिश विश्वकर्माले पुरुषकै ७४ केजीमा पहिलो स्थान हात पारेका थिए। यस्तै, मोहमद उमर खान र सुनिता विष्टले पेयर पुम्से तथा सक्षम चौधरीले एकल पुम्सेमा स्वर्ण पदक पक्का गरेका थिए।

प्रतियोगितामा जाइनाब खातुनले एकल पुम्से, अब्बास खानले ग्योरोगीको ६८ केजी तौल समूह, सुनिता विष्टले एकल पुम्से र मोहमद उमर खानले पनि एकल पुम्सेमा रजत पदक जितेका थिए। सन्तोष भट्टको नेतृत्वमा मलेसिया पुगेको नेपाली टोलीको प्रशिक्षकको भूमिका भने रोशन खानले निर्वाह गरेका थिए। प्रतियोगितामा १० जना खेलाडी सहभागी भएका थिए।

प्रकाशित: Dec 12, 2022| 22:00 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।