बिहीबार, जेठ २८, २०८३

अर्थ मन्त्रालयमा सहसचिवको व्यापक हेरफेर

अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। आफूलाई सहयोग नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार सहसचिवहरुलाई सरुवाको पत्र थमाएका हुन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। आफूलाई सहयोग नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले सोमबार सहसचिवहरुलाई सरुवाको पत्र थमाएका हुन्।

National life

अर्थ मन्त्रालयअन्तर्गत पर्ने भन्सार विभागको महानिर्देशकमा मन्त्रालयले चक्रबहादुर बुढालाई सरुवा गरेको छ। बुढा मन्त्रालयको बजेट महाशाखा प्रमुख थिए। 

त्यस्तै संस्थान महाशाखा प्रमुखको रुपमा कमलप्रसाद भट्टराईलाई सरुवा गरिएको छ। उनी भन्सार विभागका प्रमुख थिए। 

मन्त्रालयको सार्वजनिक ऋण व्यावस्थापन कार्यालय प्रमुखमा सहसचिव भूमिराम शर्मा पुगेका छन्। राजस्व परामर्श समिति खारेज भएपछि जिम्वेवारीविहीन भएका शर्मा ऋण व्यवस्थापन कार्यालयको जिम्मेवारी लिन पुगेका हुन्। 

त्यसैगरी बजेट महाशाखामा हितेश शाक्यलाई सरुवा गरिएको छ। यसअघि आन्तरिक राजस्व विभाग प्रमुखको जिम्मेवारी पाएका शाक्यलाई केही दिनअघि मन्त्री शर्माले मन्त्रालय तानेका थिए। आन्तरिक राजस्व विभागमा भने दीर्घराज मैनालीलाई सरुवा गरिएको छ।

Shivam cement

प्रकाशित: Dec 12, 2022| 17:29 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्