बिहीबार, जेठ २८, २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले १६ दशमलव ५१ प्रतिशत लाभांश पारित गरेको छ।

National life

आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिक्षमिक तथा नियुक्तिको शर्त तोक्ने एजेण्डा पारित गरेको छ। सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन समेत सभाले गरेको छ।

साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउने छन्।


प्रकाशित: Dec 12, 2022| 17:00 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्