बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई केएमसी हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं- सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका ग्राहकहरुले उक्त अस्पतालमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन्।

बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी द्धिपक्षीय सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्।

यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।


प्रकाशित: Dec 12, 2022| 17:00 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्