बुधबार, जेठ २४, २०८०

कर्णाली प्रदेशको प्रथम चौमासिक बैठक

प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

कर्णाली- कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो।

Everest Bank

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ। चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीले बताए।

‘आजको बैठकले प्रदेश सरकारको बजेट, कार्यक्रम तथा योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी लिनेछ,’ उनले भने, ‘यसले दोस्रो तथा अन्तिम चौमासिकसम्म प्रदेश सरकारको लक्ष्यअनुसार तयार गरिएका समग्र योजना कार्यान्वयनको प्रभावकारिता, अनुगमन तथा निरीक्षण प्रक्रिया, जनशक्ति व्यवस्थापन र परिचालनमा सहयोग पुर्‍याउनेछ।’

बैठकमा प्रदेश सरकारका विभागीय मन्त्री, प्रमुख सचिव, विभागीय सचिव र महाशाखा प्रमुखको सहभागिता रहेको जनाइएको छ। 

प्रकाशित: Dec 12, 2022| 04:02. 16 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।