शुक्रबार, कात्तिक २८, २०८२

गोल्डेन बुटको रेसमा एम्बाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्कपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। साविक विजेता फ्रान्स र उपविजेता क्रोएसिया दुवैले अन्तिम चारमा स्थान बनाए। मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको छ भने २०१४ विश्वकपको फाइनलिस्ट अर्जेन्टिनाले पनि कमब्याक गरेको छ।

National life

प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ। यसपटक सेमिफाइनलसम्म आइपुग्दा तीन खेलाडीबीच विशेष प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। फ्रान्सका केलियन एम्बाप्पे र ओलिभर जिरुड तथा अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी। यी तीन खेलाडीमध्ये एकले यसपटक विश्वकपको गोल्डेन बुट जित्ने निश्चित छ।

केलियन एम्बाप्पे 

फ्रान्सेली युवा स्टार फर्वाड केलियन एम्बाप्पे गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि छन्। घरेलु क्लब पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका २३ वर्षिय एम्बाप्पेले यस प्रतियोगितामा पाँच गोल गर्दै आफूलाई सबैभन्दा अगाडि ल्याएका छन्। समूह चरणका खेलमध्ये उनले अष्ट्रेलिया विरुद्ध एक र डेनमार्क विरुद्ध दुई गोल गरेका छन्। त्यस्तै नकआउट चरणमा पोल्यान्ड विरुद्धको खेलमा उनले दुई गोल गर्दै आफूलाई शीर्ष स्थानमा ल्याएका हुन्। टिमका लागि मुख्य स्कोरर बनेका एम्बाप्पेले यो गोल संख्यालाई अझै बढाउने अनुमान गरिएको छ। पाँच गोलका साथै उनले प्रतियोगितामा दुई असिस्ट समेत गरेका छन्। फ्रान्सले सेमिफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग खेल्दैछ।

एम्बाप्पेको यो दोस्रो विश्वकप हो। पहिलो विश्वकपमा टिमलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका निभाएका उनले  पहिलो प्रतियोगितामा चार गोल गरेका थिए। दुईवटा विश्वकप सहभागितामै उनले नौ गोल गरिसकेका छन्। सानै उमेरमा नौ गोल गर्ने एम्बाप्पे पेलेपछिका दोस्रो खेलाडी समेत हुन्।

Laxmi sunrise bank
kumari

लियोनेल मेस्सी 

अर्जेन्टाइन कप्तान मेस्सी यस विश्वकपमा राम्रो लयमा देखिएका छन्। ३५ वर्षे मेस्सीको यो पाँचौं तथा अन्तिम विश्वकप समेत हो। फ्रेन्च क्लब पीएसजीका प्लेमेकर मेस्सीले समूह चरणको पोल्यान्ड विरुद्धको खेलमा बाहेक सेमिफाइनल आइपुग्दासम्मका सबै खेलमा गोल गरेका छन्। पोल्यान्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका मेस्सीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको र नकआउट चरणमा अष्ट्रेलिया र नेदरल्यान्ड्स विरुद्ध एक-एक गोल गरेका छन्।

चार गोल गरेका मेस्सी गोल्डेन बुटको रेसका अर्का प्रत्यासी हुन्। सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा टिमका लागि गोल गर्न सके उनले गोल्डेन बुट पनि जित्न सक्छन्। पाँचपटक विश्वकप खेले पनि मेस्सीले अहिलेसम्म गोल्डेन बुट जित्न सकेका छैनन्। उनले सन् २०१४ को विश्वकपमा गोल्डेन बल भने जितेका थिए। चार गोल गर्नुका साथै मेस्सीले दुई गोलका लागि असिस्ट पनि गरेका छन्। मेस्सीले विश्वकपमा दश गोल गरेका छन् र उनी अर्जेन्टिनाका अल टाइम टप स्कोरर पनि हुन्। मेस्सीले अर्जेन्टिनाका लागि १७० क्याप जित्दै ९५ गोल गरेका छन्।

ओलिभर जिरुड  

केलियन एम्बाप्पेसँगै फ्रान्सबाट अर्का गोल्डेन बुटका प्रत्यासी हुन् ओलिभर जिरुड। इटालियन क्लब एसि मिलानका स्ट्राइकर जिरुडले यस प्रतियोगितामा चार गोल गर्दै गोल्डेन बुटको रेसमा आफूलाई अघि ल्याएका छन्। समूह चरण अन्तर्गत पहिलो खेलमा अष्ट्रियाविरुद्ध दुई गोल गर्दै शानदार सुरुवात गरेका जिरुडले त्यसपछि नकआउट चरणमा पोल्यान्ड र इङ्ल्यान्ड विरुद्धको खेलमा समान एक-एक गोल गरे। चार गोल गरेका जिरुड असिस्टविहिन छन्। जिरुड फ्रान्स टिमका अल टाइम टप स्कोरर समेत हुन्। उनले थिएन्र हेनरिको नाममा रहेको ५१ गोलको किर्तीमान तोड्दै आफ्नो नाममा ल्याएका हुन्। अघिल्लो संस्करणमा आफ्नो टिमले  उपाधि जित्दा सबै खेल खेलेका जिरुड गोलविहिन बनेका थिए।

गोल्डेन बुटको रेसमा दुई वा दुईभन्दा धेरै खेलाडीको समान गोल भएको अवस्थामा उसले गरेको असिस्टको आधारमा विजेता घोषणा गरिन्छ। जसले गर्दा यसपटक केलियन एम्बाप्पे र लियोनेल मेस्सीमध्ये एकले गोल्डेन बुट जित्ने सम्भावना धेरै रहेको छ। अघिल्लो संस्करणका गोल्डेन बुट विजेता तथा इङ्ल्यान्ड टिमका कप्तान ह्यारी केनले भने  यसपटक दुई गोलमात्रै गरेका छन्।  स्पेनका अल्भारो मोराटा, पोर्चुगलका गोन्सालो रामोस, इङ्ल्यान्डका बुकायो साका र मार्कोस रासफोर्ड, इक्वेडरका कप्तान इन्नर भ्यालेन्सिया, ब्राजिलका रिचल्सन जस्ता खेलाडीहरुले प्रतियोगितामा समान तीन गोल गरेका छन्। तर उनीहरु प्रतियोगिताबाट बाहिरिसकेका छन्।

प्रकाशित: Dec 12, 2022| 14:57 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।