शनिबार, साउन ३, २०८२

झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म झापा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका एमाले अध्यक्ष केपी ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन्।
 |  सोमबार, मंसिर २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

vianetvianet

झापा– झापाबाट प्रतिनिधिसभा र प्रदेशसभामा  उम्मेदवार बनेका १९२ मध्ये ८४ उम्मेदवारले मात्रै आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर विजयी भएका एमाले अध्यक्ष केपी ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन्।

ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले बताए। उनले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना गायतको शीर्षकमा १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको जानकारी दिए। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि विवरण बुझाउन विलम्ब गरिरहेको उनको भनाइ छ। 

उनले नेपाल मजुर किसान पार्टी(नेमाकिपा)का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिए।–रासस

प्रकाशित: Dec 12, 2022| 14:37 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...