काठमाडौं– कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा भेटिएका छन्।
सोमबार लालझाडी–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको हो।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटना स्थल पुगेको छ।
उनका अनुसार राना एउटा रुखको हाँगामा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा छ।
एनका बाबु पालिका अध्यक्ष अध्यक्ष राना अहिले काठमाडौंमा छन्।