शनिबार, साउन ३, २०८२

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकामा ५.०९ प्रतिशत मत बदर भएको छ।
 |  सोमबार, मंसिर २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

vianetvianet

काठमाडौं– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो  निर्वाचित हुने निर्वाचन प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा प्रणालीमा १ करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएकामा ५.०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकामा ५.०९ प्रतिशत मत बदर भएको छ। प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० सय अर्थात् ६१.३६ प्रतिशत मतदान भएकामा ४.०७ प्रतिशत मत बदर भएको छ। 

प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकामा ६.५५ प्रतिशत मत बदर भएको छ। प्रदेशसभातर्फ प्रत्यक्षमा मनाङको प्रदेशसभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फको विजयीको अन्तिम घोषणा मंगलबार गर्दै छ।

प्रकाशित: Dec 12, 2022| 13:24 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...