शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट अनलाइनमार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ

काठमाडौंबाट अनलाइनमार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ

अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन्।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१ जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ। 


प्रकाशित: Dec 12, 2022| 13:03 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।