शुक्रबार, वैशाख २५, २०८३

९२ किलो गाँजासहित तीन जना पक्राउ

सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

सिरहा- सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका-४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका-९ का ४८ वर्षीय रामकुमार साह रहेका छन्। 

चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। 

प्रकाशित: Dec 12, 2022| 12:26 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।