शुक्रबार, वैशाख २५, २०८३

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

National life

धनुषा- धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। सोमबार बिहान बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। 

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृताको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए।

बिहान चार बजेतिर तीन/चार जनाको समूहमा आएका नकावधारी समूहले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 12, 2022| 10:19 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।