बिहीबार, साउन १, २०८२

तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने

पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने भएको छ।
 |  सोमबार, मंसिर २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

vianetvianet

पाल्पा- पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने भएको छ। सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज होस भनेर सडक दैनिक १० घण्टा बन्द रहने सडक डिभिजन पाल्पाले जनाएको छ।

सडक डिभिजनले सूचना प्रकाशन गरेर बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुकी ७ बजेदेखि १० बजेसम्म सडक बन्द गरेर काम थालिने जनाएको हो। तानसेन–रिडी सडक खण्डको रिब्दिकोट गाउँपालिका–३, खस्यौलीको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्ने काम भइरहेको छ।

पुस ७ गतेसम्म दैनिक सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए। एम्बुलेन्स, शववाहनलगायत अति आवश्यक सवारीसाधनलाई अवस्था हेरेर ओहोरदोहोर गर्न दिइने बताइएको छ।

तानसेन–रिडी सडक खण्डको सिरुखर्कदेखि माल्मुल क्षेत्रमा झन्डै दुई किलोमिटर सडक साँघुरो र अप्ठ्यारो रहेको छ। यही सडक खण्डको लघुवा, जोर्ते क्षेत्रमा यसअघि पनि सडक चौडा गर्नका लागि पटकपटक सवारी साधन रोकेरै काम गरेको थियो। तर कामले पूर्णता नपाउँदा निर्माण व्यवसायीको सुविधाका लागि पुनः सवारी साधन रोकेर काम गर्नु परेको जनाएको छ।

प्रकाशित: Dec 12, 2022| 08:07 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।