काठमाडौं- देशभर चिसो बढ्दै गएको छ। जाडो मौसममा सामान्यतः हिमपात हुनुपर्ने भए पनि अहिलेसम्म हिमपात नभएले हिमपात भएपछि थप जाडो बड्ने महाशाखाको भनाइ छ। महाशाखाले अझै केही दिन हिमपात नहुने बताएको ।
मौसमपूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
विभागले आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।