बुधबार, फागुन २०, २०८२

जयकर स्मृति टेनिस आजदेखि

मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं-  मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ।

प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिता २ सर्किटमा हुनेछ। पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो।

एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो। एकेडेमीले विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, पाकिस्तान, क्यानाडा, यमन, ओमन, अमेरिका, वेल्जियम, दक्षिण कोरिया, हङकङ र इरानको सहभागिता रहने प्रतियोगिता निर्देशक मालिका राणा बस्नेतले जनाएकी छन्। दुवै सर्किटमा १४ राष्ट्रबाट ५० ब्वाइज र ४४ गल्र्स खेलाडी सहभागी हुने छन्।

सिंगल्समा शीर्ष ३१ स्थानमा रहने खेलाडीले बढीमा २ सय र कम्तीमा १ अंक प्राप्त गर्ने छन्। डबल्समा खलाडीले सिंगल्समा प्राप्त गरेको जम्मा अंकको २५ प्रतिशत अंक मात्र पाउने छन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुनेछ।

kumari

प्रकाशित: Dec 12, 2022| 06:39 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।