बुधबार, फागुन २०, २०८२

एसिया रग्बी : दक्षिण कोरिया र युएइ च्याम्पियन

नेपाल पुरुषतर्फ सातौं भएको छ भने महिलातर्फ अन्तिम स्थानमा रहेको छ
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– दक्षिण कोरिया र युएइ यु–१८ एसियाली रग्बी सेभेन्समा आइतबार च्याम्पियन बनेका छन्। दक्षिण कोरिया पुरुष तथा युएइ महिलामा च्याम्पियन भएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो। त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो। तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भयो। ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन्।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो। सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्‍यो।

kumari

महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो। मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो। महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो।

प्रकाशित: Dec 11, 2022| 20:43 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।