शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

काठमाडौंमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो।

National life

बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा बिहान १० बजे वयोधा अस्पताल बल्खुमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घटना बिहान ८ बजेर ३५ मिनेटमा भएको थियो। बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए। बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।


प्रकाशित: Dec 11, 2022| 19:32 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।