शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट विनोद पहाडी पुरस्कृत

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट विनोद पहाडी पुरस्कृत

मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

बुटवल- मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ।

National life

अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आइतबार बुटवलमा एक कार्यक्रमका बीच पहाडीलाई एक लाख १० हजार रूपैयाँ पुरस्कार राशी, दोसल्ला र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो। पुरस्कृत पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र मानव अधिकारवादी नेता कृष्ण पहाडीले पुरस्कृत गरे।

लुम्बिनीका प्रदेश प्रमुख शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसको नियन्त्रण साझा एजेन्डा बन्नुपर्ने बताए। उनले व्यक्ति हत्या भन्दा खतरनाक भ्रष्टाचारी हुने बताउँदै आजीवन कारागारको व्यवस्था हुनुपर्ने बताए। उनले मुलुक बनाउनेहरुले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै नागरिक समाजले खबरदारी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अझै पनि नेपालका राजनीतिक दलहरु कर्मकाण्डी बनेको बताए। उनले समाज रुपान्तण हुन नसकेको बताउँदै समाजमा रहेको जातीय भेदभाव, हिंसा अन्त्य नहुँदासम्म लोकतन्त्र समुन्नत हुन नसक्ने बताए। 

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताए। उनले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार समाजमा विशिष्ट योगदान पुर्‍याएको व्यक्तिलाई गर्ने गरिएको बताए।

Laxmi sunrise bank
kumari

संविधानसभा सदस्य (२०६४) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीले तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदानको कदर गर्दै समाजले पुरस्कृत गरेको हो। कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण, पत्रकार डा. बालकृष्ण चापागाई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसी, रूपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण) लगायत वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए। 

प्रकाशित: Dec 11, 2022| 17:31 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।