बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

ऋण लिँदै हुनुहुन्छ? यस्तो छ वाणिज्य बैंकहरुको व्याजदर

नेपाल राष्ट्र बैंकले व्याजदर बढ्न नदिन स्प्रेडदरमा कडाइ गरे पनि वाणिज्य बैंकहरुले नै कर्जामा लिने व्याजदर १६ प्रतिशत पुगेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकले व्याजदर बढ्न नदिन स्प्रेडदरमा कडाइ गरे पनि वाणिज्य बैंकहरुले नै कर्जामा लिने व्याजदर १६ प्रतिशत पुगेको छ।

National life

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्याजदर घटाउनका लागि राष्ट्र बैंकले स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको थियो। यो व्यवस्थाले केही मात्रामा व्याजदर कम हुने अपेक्षा लिइएको छ। तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा वाणिज्य बैंकहरुले नै १६ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरेको पाइएको छ। 

सो तथ्यांकअनुसार सिभिल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी १५.७२ प्रतिशत व्याज लिइएको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनैपनि बैंकले ऋण प्रवाह गर्दा ऋणीबाट बढीमा ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछ। सो सेवा शुल्क पनि जोड्ने हो भने सिभिल बैंकले ऋणीबाट १६.४७ प्रतिशत व्याज लिइरहेको छ। 

सिभिल बैंकले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार सो बैंकको आधार दर ११.४० प्रतिशत रहेको छ। त्यस्तै ४.३२ प्रतिशत स्प्रेडदर र ०.७५ प्रतिशत सेवा शुल्क गरी १६.४७ प्रतिशत व्याज लिने गरेको हो। 

सबैभन्दा सस्तोमा ऋण प्रवाह गर्ने बैंकमा भने नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ। ती दुवै बैंकले प्रदान गर्ने ऋण सेवा शुल्क समेत जोड्दा पनि जम्मा १३.८८ प्रतिशत रहेको छ। 

Shivam cement

नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक केलाउँदा सबैभन्दा सस्तो व्याज नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ भने सबैभन्दा महँगो बैंक सिभिल बैंकको देखिएको छ। 

कुन बैंकबाट कर्जा लिँदा कति पर्छ व्याजदर? 


प्रकाशित: Dec 11, 2022| 16:07 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्