बिहीबार, जेठ २८, २०८३

साताको पहिलो कारोबार दिन नेप्सेमा पहिरो

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ मा झरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ मा झरेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ। आज दुई सय ५३ वटा कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार रूपैयाँको सेयर कारोबार भएको छ।

National life

आज सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक २.३० प्रतिशतले घटेको छ। विकास बैंक १.४२, वित्त १.२५, होटल तथा पर्यटन १.०२, जलविद्युत १.३३, लगानी १.२२, जीवन बीमा ०.८५, उत्पादन १.६४, वित्त १.२७, म्युचुअल फण्ड ०.९६, नीर्जीवन १.३०, अन्य १.४६ र व्यापार १.४२ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर १० करोड ९३ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ। नबिल बैंकको ७ करोड ५८ लाख ४३ हजार, हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख २ हजार, एनआइसी एशियाको ३ करोड ९२ लाख ४८ हजार र रिडी पावरको ३ करोड २० लाख २८ हजार रूपैयाँको कारोबार भएको छ।

आज सिवाइसी नेपालको सेयरमा सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। समिट लघुवित्त वित्तिय संस्था ९.९९, मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ९.५० प्रतिशतका दरले कमाएका छन्।

प्रकाशित: Dec 11, 2022| 15:32 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्