बुधबार, फागुन २०, २०८२

एसिया रग्बीको फाइनलमा दक्षिण कोरिया र युएई भिड्ने

आजै सम्पन्न प्लेट सेमीफाइनलमा नेपालले चाइनिज ताईपेईसँग ७–३४ को हार बेहोरेको छ भने थइल्यान्डले बंगलादेशलाई ५३–० ले हराएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं – काठमाडौंमा जारी एसिया यू–१८ रग्बी प्रतियोगिताको पुरुषतर्फका दुवै सेमिफाइनल खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमीफाइनल खेलमा मलेसियालाई हराउँदै दक्षिण कोरियाले फाइनलमा स्थान बनाएको छ।

पहिलो सेमीफाइनलमा मलेसियाले दक्षिण कोरियासँग १९–७ को हार बेहोरेको हो। मलेसियाले खेलमा एकमात्र ट्राई गर्न सफल भएको थियो भने दुई अंक बोनस पनि जित्न सफल भएको थियो। यता तीन ट्राई गरेको कोरियाले भने दुई पटक बोनस अंक प्राप्त गर्न सफल भयो।

भर्खरै सम्पन्न भएको दोस्रो सेमीफाइनल खेलमा भने यूएईले भारतलाई ३४–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलमा भारतले ट्राई गर्न सकेन। यता युएईले छ ट्राई गरेको थियो भने चार बोनस अंक पानि पाएको थियो।

आजै सम्पन्न प्लेट सेमीफाइनलमा नेपालले चाइनिज ताईपेईसँग ७–३४ को हार बेहोरेको छ भने थइल्यान्डले बंगलादेशलाई ५३–० ले हराएको छ।

आजै भएको महिलातर्फको समूह चरणको खेलमा भने नेपालले भारतसँग ४१–० को हार बेहोरेको थियो। प्रतियोगितामा उपाधि दावेदार यूएईले मलेसियालाई ४३–० ले हराएको थियो। अहिले खेलमा पुल ए तर्फ यूएईको महिला टिम र थाइल्यान्डको महिला टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

kumari

प्रकाशित: Dec 11, 2022| 12:02 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।