शुक्रबार, कात्तिक २८, २०८२

एसिया रग्बीको सेमिफाइनल र फाइनल खेल आज हुँदै

काठमाडौंमा जारी यू १८ एसिया रग्बीमा शनिबार सेमिफाइनल समीकरण पूरा भएसँगै आज आइतबार सेमीफाइनल र फाइनलका खेलहरु हुँदैछन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं – काठमाडौंमा जारी यू १८ एसिया रग्बीमा शनिबार सेमिफाइनल समीकरण पूरा भएसँगै आज आइतबार सेमीफाइनल र फाइनलका खेलहरु हुँदैछन्।

National life

यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको थियो।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया ७ अंकसाथ उपविजेताको हैसियतले सेमिफाइनलमा पुगे।

सेमिफाइनलमा भारतले आज दशरथ रंगशालामा युएइसंगको खेल सुरु भएको छ। त्यस्तै आजै हुने अर्को सेमीफाइनल खेलमा दक्षिण कोरियाले मलेसियाको सामना गर्दैछ।

समूह ‘ए’ मा रहेको नेपालले भारतसंगै समान ५ अंक जोडे पनि स्कोरअन्तरका आधारमा पछि प¥यो। नेपालले भारतलाई १२–१० पराजित गरेको थियो। नेपाल थाइल्यान्डसंग १५–७ तथा मलेसियासंग ३४–० ले पछि प¥यो। प्रतियोगितामा सहभागी बनेका पुरुषका ८ टिमलाई समान ४–४ टिमको समूहमा विभाजन गरिएको थियो।

Laxmi sunrise bank
kumari

नेपालसहित समूह चरणबाट बाहिरिएका थाइल्यान्ड, बंगलादेश र चाइनिज ताइपेइले प्लेट च्याम्पियनसिपमा पुनः प्रतिस्पर्धा गर्ने छन्। प्लेटमा नेपालले ताइपेइ तथा थाइल्यान्डले बंगलादेश विरुद्ध खेल्ने छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिलाको राउन्ड रोविन लिगमा भारत र थाइल्यान्डले समान ३–३ खेल खेल्दै समान ७–७ अंक जोडेका छन्। ५ टिम सहभागी राउन्ड रोविनमा दुवैको १–१ खेल बाँकी छन्।

समान २–२ खेल खेलेका युएइ, नेपाल र मलेसियाको क्रमशः ६ अंक, २ अंक र २ अंक रहेको छ। नेपाल थाइल्यान्डसंग ३९–० र युएइसंग ४१–० ले पराजित भयो।

एसिया रग्बीका अध्यक्ष कायस अल धलाइले छोटो समयको प्रस्तावमा पनि नेपालले प्रतियोगिता आयोजना गर्न तत्परता देखाएकोमा नेपाल रग्बी संघलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन्। नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता भएको यो नै पहिलो अवसर हो।

प्रकाशित: Dec 11, 2022| 11:32 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।