सोमबार, वैशाख २४, २०८१

यस्तो बन्यो विश्वकपको सेमिफाइनल समीकरण

यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

triton college

यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। 

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो।

अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार मंगलबार राति पौने १ बजे हुनेछ। दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ। शनिबार राति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएको हो।

कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। खेलको ४२ औं मिनेटमा मोरक्कोले अग्रता लिएको थियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १–० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए। उक्त गोल नै अफ्रिकी राष्ट्र मोरक्कोका लागि अन्तिम चारमा पुग्न पर्याप्त रह्यो।

corrent noodles
Metro Mart

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो। यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनल प्रवेश गर्न सकेका थिएनन्।

मोरक्कोको जितमा ४२ मिनेटमा युसुफ इन नेसरीले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनलाई लेफ्ट डिफेन्डर याहिया अतियात अल्लाहले डिबक्सभित्र पास मिलाएका थिए, जसलाई सेन्टर फरवार्ड युसुफले हेडिङमार्फत गोल गरे। यतिबेला पोर्चुगिज गोलकिपर नराम्ररी चुकेका थिए।

सन् १९८६ को विश्वकपको समूह चरणको खेलमा पनि पहिलो गोलको अग्रता लिएको मोरक्कोले ३–१ गोलले पोर्चुगललाई पराजित गरेको थियो। यसपालि उसले कुनै गोल गर्न दिएन। पोर्चुगलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो लगायत तीन स्ट्राइकरलाई मैदानमा उतारे पनि मोरक्कोका डिफेन्डरहरुले आफ्नो पर्खाल तोड्न दिएनन्। 

अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार मंगलबार राति पौने १ बजे हुनेछ। दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ। 

मोरक्कोले ९३ मिनेटमा वालिद चेदिरालाई गुमाएको थियो। उनले दोहोरो पहेंलो कार्ड पाएपछि अन्तिम ५ मिनेटको खेल मोरक्कोले १० खेलाडीमा सीमित भएर खेल्नुपर्यो। रोनाल्डोले गोल गर्न सकेनन्। उनी विश्वकपको ८ वटा नकआउट खेलमा गोलविहीन रहे। उनलाई ५१ औं मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गराइएको थियो। 

अघिल्लो खेलमा ह्याट्रिक गोल गरेका गोन्सालो रामोसले पनि कमाल देखाउन सकेनन्। उनलाई प्लेइङ सेटमै राखिएको थियो र ६९ मिनेटमा पदस्थापन गरिएको थियो। खेलको अन्त्यतिर रोनाल्डोले राम्रो अवसर पाएका थिए तर उनको प्रहारलाई मोरक्कोका गोलरक्षकले असफल पारिदिए।

मोरक्कोले प्रिक्वाटरफाइनलमा पूर्व विश्वविजेता स्पेनलाई पनि पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको थियो। जारी विश्वकपको तीनवटा क्वाटरफाइनलमा निर्धारित समयमा खेल जितेको मोरक्को पहिलो टोली हो। यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश गर्दा दुवै निर्णय पेनाल्टी सुटआउटबाटै भएको थियो। 

मोरक्कोले जारी विश्वकपमा समूह ‘एफ’ चरणको खेलमा बेल्जियमलाई २–०, क्यानडालाई २–१ गोलले जितेको थियो भने क्राएसियासँग गोलरहित बराबरी खेलेको थियो। 

यस्तै, साविक विजेता फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो। फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरूडले १–१ गोल गरे। इंग्ल्यान्डका लागि ह्यारी केनले गोल फर्काए।

खेलको १७ औं मिनेटमा चुआमेनीले गोल गर्दै फ्रान्सलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरूमै इंग्ल्यान्डले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। उसका लागि ह्यारी केनले ५४ औं मिनेटमा पेनाल्टीमा गोल गरे।

खेलको ७८ औं मिनेटमा जिरूडले गोल गर्दै खेलमा पुनः फ्रान्सलाई अग्रता दिलाए। इंग्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुनः बराबरी गर्ने अवसर पाएको थियो। तर कप्तान ह्यारी केनले पेनाल्टीको सदुपयोग गर्न नसक्दा टोली पराजित हुन पुग्यो।

पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ। फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो। चार वर्षअघि रुसमा फ्रान्सले क्रोएसियालाई हराएर उपाधि जितेको थियो।

क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दा अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो। २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो।

पछिल्ला दुई विश्वकपमा पराजित भएका टिमहरू यसपटक सेमिफाइनलमै भिड्नेछन् र एकमात्र फाइनलमा पुग्नेछन्।

यसैबीच, मोरक्कोका कप्तान रोमान साइसले बुधबार हुने सेमिफाइनल खेल गुमाउने सम्भावना प्रबल बनेको छ। पोर्चुगलविरुद्ध १–० ले विजयी खेलमा उनलाई चोट लागेको छ।  उनलाई अस्पताल भर्ना गरिएको छ। सन् २०१६ को युरोकप विजेता पोर्चुगललाई शनिबार राति पराजित गरेको खेल सम्पन्न हुनु १३ मिनेटअघि उनले मैदान छोड्नुपरेको थियो। 

मैदान छोड्नुपर्दा उनी रुँदै स्ट«ेचरमा बाहिरिएका थिए। ३२ वर्षीय डिफेन्डरलाई घुँडामा चोट लागेको छ। सेमिफाइनलअघि उनको चोटमा सुधार हुने सम्भावना कम देखिएको छ।

प्रकाशित: Dec 11, 2022| 11:13 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।