सोमबार, वैशाख २४, २०८१

बिश्व शारीरिक सुगठनमा नेपाली खेलाडी श्वेतालाई रजत

प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं – थाईल्याण्डको फुकेटमा जारी १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपाली रजत पदक प्राप्त गर्न सफल भएकी छिन्। पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिएका छन्।

triton college

प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।

थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिप महिला मोडल फिजिक्स तर्फ फाईनल प्रवेश गर्ने क्रममा १० प्रतिपर्धीबीच उत्कृष्ट पाँचमा पर्दै फाईनल प्रवेश गरेकी कपालीले हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी हुन्। यस विधामा हङगकङ चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन्।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन्। यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन्।

प्रकाशित: Dec 11, 2022| 11:12 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।