शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्नु चिन्ताको विषय : मुख्यमन्त्री भट्ट

चुनाव लगानी गर्ने र असुल्ने दोकान बन्नु चिन्ताको विषय : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्न लागेको बताएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव लगानी गर्ने र लगानीको प्रतिफल असुल्ने माध्यममात्रै बन्न लागेको बताएका छन्। 

Kumaribank

चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म करोडौं खर्च गर्ने र जितेपछि त्यो असुली गर्ने दाउ बन्ने गरेको मुख्यमन्त्री भट्टको भनाई छ।

धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले चुनावमा करोडौं खर्च गर्ने उम्मेदवारले चुनाव जितेपछि समाजका लागि काम गर्न नसक्ने उनको तर्क थियो। उसले कामभन्दा पनि आफूले लगानी गरेको पैसा असुल्ने काम मात्रै गर्ने भट्टले टिप्पणी गरेका छन्।

पैसा नहुनेले अहिलेको परिस्थितिमा चुनाव लड्न सक्ने कुनै सम्भावना नै नरहेको उनले बताए। 'गरिबले टिकट नै पाउदैनन्', उनले भने, 'टिकट पाए पनि जितेको उदाहरण छैन ।'

आम मतदाताले पनि पैसा पाएमात्रै भोट दिनेगरेको मुख्यमन्त्री भट्टले बताए ।

Metro Mart

प्रकाशित: Dec 11, 2022| 11:10 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।