बिहीबार, वैशाख २०, २०८१

सुखविन्दर सिंह सुखु हिमाञ्चल प्रदेशको मुख्यमन्त्री चयन

भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- भारतको हिमाञ्चल प्रदेशको मुख्यमन्त्रीमा सुखविन्दर सिंह सुखु चयन भएका छन्।

triton college

शनिबार बेलुकी बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेसँगै सुखु मुख्यमन्त्री बन्ने भएको बीबीसीले जनाएको छ। मुकेश अग्निहोत्री उपमुख्यमन्त्री बन्ने छन्। 

उनीहरूले आज पदभार ग्रहण गर्ने कांग्रेस नेता राजीव शुक्लाले बताए। ६८ सदस्यीय विधान सभा रहेको हिमाञ्चलमा कांग्रेसले ४०, भारतीय जनता पार्टीले २५ र स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्। हिमाञ्चलमा कांग्रेसको बहुमतसहित एकल सरकार बन्नेछ। 

संसदीय दलको नेतामा चयन भएपछि सुखुले हिमाञ्चलका नागरिकसँग गरेका वाचा कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त भएको भन्दै चुनावमा गरिएका वाचा अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: Dec 11, 2022| 07:44 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।