शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्। ब्राजिल कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका हुन्।

National life

शुक्रबार राति दोहाको एजुकेसन सिटी रंगशालामा भएको खेलमा पाँच पटकको विजेता ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको थियो। त्यसपछि मुख्य प्रशिक्षक टिटेको राजीनामा आएको हो।

‘म शान्ति चाहन्छु। त्यसैले प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिएँ। प्रतियोगिता अघि मैले आफ्नो परवाह गरिनँ। टोलीकै बारेमा सोचें। यो मेरा लागि दर्दनाक हार हो,'  ६१ वर्षीय टिटेले भनेका छन्।

टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका जितेको थियो। टिटेले ब्राजिललाई ८१ खेलमध्ये ६० खेलमा जित दिलाएका छन्। जसमा ब्राजिलले सात खेलमा मात्र हार बेहोरेको थियो। 

टिटेले आफू केही समय फुटबलबाट टाढा बस्न चाहेको बताउँदै खेलमा जित र हार एउटा चक्र भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 11, 2022| 07:35 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।